बोस्टन इन्टरनेशनल कलेजमा हुन लागेको ‘बिआइसि ह्याकाथन’ कार्यक्रम


चितवनको बोस्टन इन्टरनेशनल कलेजमा ‘बिआइसि ह्याकाथन’ हुने भएको छ । कलेजद्वारा स्थापना भएको क्लब बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले पौष ४ देखि ६ गतेसम्म ‘बिआइसि ह्याकाथन’ कार्यक्रम गर्ने भएको हो।

निरन्तर ४८ घण्टा चलिरहने सो कार्यक्रम सूचना प्रविधिसम्बन्धी प्रतिस्पर्धा हो।व्यक्ति तथा कम्प्युटर प्रोग्रामरबाट नयाँ सफ्टवेयर विकास गर्ने तथा अवस्थित सफ्टवेयरको सुधार गर्ने यो प्रतियोगिता कलेजको तेस्रो श्रृंखला भएको आज कलेजमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।

सो कार्यक्रममा देशभरका कक्षा ११, १२ र स्नातक तहमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुको समूहले सहभागिता जनाउन पाउने छन् । सहभागीहरु सँग आफ्नो कलेज आइडी कार्ड हुनुपर्नेछ भने प्रति टोलीमा २ देखि ३ जना हुनुपर्नेछ।

प्रतिस्पर्धात्मक कार्यक्रममा प्रथम हुने समूहले ३५ हजार रुपैयाँका साथ रनिङ सिल्ड र प्रमाणपत्र , द्वितीय हुने समूहले २५ हजार रुपैयाँ, तृतीय हुने समूहले १५ हजार रुपैयाँ, उत्कृष्ट टोलीलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्ने प्रक्रिया पनि सुरु भइसकेको आयोजकले जनाएको छ। ह्याकाथनको पहिलो प्रतियोगितामा १० वटा समूह र दोस्रो प्रतियोगितामा १५ वटा समूहको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा बोस्टन इन्टरनेशल कलेजका अध्यक्ष आनन्दबहादुर चन्द, कलेजमा दिवा शत्रका कोअर्डिनेटर नविनकुमार श्रेष्ठ, पत्रकार सम्मेलनमा कार्यक्रमका प्रबन्धक रेजिन भण्डारी, सल्लाहकार नितेश कुमार सिंह, मनिष कँडेल, कार्यक्रम संयोजकहरु ध्रुव सापकोटा र विकास आचार्य लगायतले बोल्नुभएको थियो ।

‘ह्याकाथन’ शब्द ‘ह्याकर’ र ‘म्याराथन’ दुई शब्द मिलेर बनेको शब्द हो । जहाँ ह्याकर भनेको एक चलाख प्रोग्रामर र म्याराथन भनेको एक सिमित अवधिमित्र रहेर सहनशीलतापूर्वक कोडिङ गर्नु हो ।

News Source: https://timesofgurkha.com/news/5332

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments