भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा पुस ४ गतेबाट पुस ६ गतेसम्म ‘बीआईसी ह्याकाथन’ BIC Hackathon हुने भएको छ ।
कलेजमा स्थापना भएको बोस्टन सेन्टर फर इन्फरमेशन एण्ड टेक्नोलोजीले सो सूचना प्रविधिसम्बन्धी प्रतिस्पर्धा गर्न लागेको हो । नयाँ सफ्टवेयरको विकास गर्ने यो प्रतियोगिता कलेजको तेस्रो श्रृंखला भएको आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । देशभरका कक्षा ११, १२ र स्नातक तहमा सूचना प्रविधि अध्ययनरत विद्यार्थीहरुको समूहले सहभागिता जनाउन पाउने प्रतियोगिता पहिलो हुने समूहले ३५ हजार रुपैयाँ, दोस्रोले २५ हजार रुपैयाँ, तेस्रो हुने समूहलाई १५ हजार रुपैयाँ, उत्कृष्ट तोलीलाई नगद पाँच हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बीआईसी ह्याकाथनको लागि समूह दर्ताको अवधि मंसिर १९ गतेसम्म तोकिएको छ । दर्ताको लागि प्रति टिम ४५ सय रुपैयाँ देखि ६५ सय रुपैयाँसम्म तोकिएको छ । बोस्टन इन्टरनेशल कलेजपरिसरमा नै हुने ह्याकाथन ४८ घण्टासम्म निरन्तर चल्ने जनाइएको छ । कार्यक्रमले सहभागी विद्यार्थीहरुको प्राविधिक र व्यवसायिक कौशलतामा विकास गर्ने जनाइएको छ ।
News Source : https://narayanionline.com/2023/11/283978/